अभिनेत्रीले जसरी खजुर खानुभयो भने बढ्न सक्छ तौल

नेपालभ्युज

अभिनेत्रीले जसरी खजुर खानुभयो भने बढ्न सक्छ तौल

एजेन्सी । बलिउड अभिनेत्री सोहा अली खान आफ्नो फिटनेसलाई लिएर गम्भीर छन् । यसका लागि उनले आफ्नो खानपानमा पनि विशेष ध्यान दिन्छिन् ।

अभिनेत्रीले एक अन्तरवार्तामा बताइन् कि उनले दैनिक बिहान उठ्ने बित्तिकै खाली पेट रातभर नरिवलको तेलमा भिजाएका राखेका खजुर खान्छिन् । विशेषज्ञका अनुसार यस्तो जरुरी छैन कि नरिवल तेलमा रातभर भिजाएका खजुर खानुपर्छ ।

खासगरी नरिवल तेलमा धेरै मात्रामा स्याचुरेटेड क्यालोरी पाइन्छ । यस्तोमा खजुरमा पनि क्यालोरी बढ्न सक्छ जसले गर्दा तौल बढ्न सक्छ । खजुर फाइबर, भिटामिन तथा मिनरल्सको राम्रो स्रोत हो । यस्तोमा नरिवलको तेलमा यसलाई भिजाएर खाँदा यसको न्यूट्रीशन घट्न सक्छ ।

विशेषको भनाईअनुसार पानीमा भिजाएका खजुरलाई नरिवलको तेलमा भिजाएको खजुरको तुलनामा सजिलै पचाउन सकिन्छ । तर, नरिवलको तेलमा एमसीटी र मीडियम चेन ट्रिगलीसेराइट्स फ्याट पाइन्छ जो ब्रेन फंक्शन र शरीरमा ऊर्जा दिनका लागि फाइदाजनक मानिन्छ ।

पानीमा भिजाइएको खजुर खानुको एउटा फाइदा यो पनि हुन्छ कि यसले नराम्रो कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसले हड्डीको स्वास्थ्यमा पनि राम्रो असर गर्दछ । तर, नरिवलको तेलमा भने भिजाउनु पर्दैन । यसका लागि सामान्य पानीमा भिजाएर बिहान सेवन गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved