मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली भारत प्रस्थान (फोटोहरू)

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली भारत प्रस्थान (फोटोहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन उनी भारत लागेका हुन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहितको टोली सहभागी भएका छन् ।
मोदीले आज साँझ ७ बजे तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved