हाम्रो गुँडमा कांग्रेस जन्मिँदैछन् भने सानका साथ समाजवादको कुरा गर्ने यो अन्तिम पुस्ता हुनेछ : भुसाल

‘समाजवादी क्रान्तिको ब्यानर राखेर, संगठनमा कांग्रेस जन्माउँदैछौँ, हाम्रो गुँडमा कांग्रेस जन्मिँदैछन् भने, सम्भवतः यो सानका साथ, यो मर्यादाका साथ, यो इज्जतका साथ, मर्यादाका साथ समाजवादीको कुरा गर्ने अन्तिम पुस्ता हुनेछ नेपालमा । हामी साघुरिनेछौँ । हामी भोलि बर्बाद हुनेछौँ ।’

नेपालभ्युज

हाम्रो गुँडमा कांग्रेस जन्मिँदैछन् भने सानका साथ समाजवादको कुरा गर्ने यो अन्तिम पुस्ता हुनेछ : भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादीको कुरा गर्ने आफ्नो पुस्ता नै अन्तिम हुन सक्ने चेतावनी दिएका छन् ।

आइतबार आयोजित ‘नेपालमा समाजवादी क्रान्ति : अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै उनले भने, ‘समाजवादी क्रान्तिको ब्यानर राखेर, संगठनमा कांग्रेस जन्माउँदैछौँ, हाम्रो गुँडमा कांग्रेस जन्मिँदैछन् भने, सम्भवतः यो सानका साथ, यो मर्यादाका साथ, यो इज्जतका साथ, मर्यादाका साथ समाजवादीको कुरा गर्ने अन्तिम पुस्ता हुनेछ नेपालमा । हामी साघुरिनेछौँ । हामी भोलि बर्बाद हुनेछौँ ।’

भुसालले अहिलेका आफ्ना पार्टीहरूको बनिबनाउ संगठनहरूले मूलभूत रुपले गुटबन्दी सिकाउने बताए । ‘किनभने गुटबन्दी गरेर मात्रै मेयर हुन सकिन्छ । गुटबन्दी गरेर मात्रै मन्त्री हुन सकिन्छ, प्रधानमन्त्री हुन सकिन्छ’, उनले भने ।

भुसालले लेखमार्फत् गुटबन्दीको सेवा गर्ने प्रचलन पनि आजकाल फेसबुकमा लेख्नेमा परिणत भएको बताए । भने, ‘कुनै नेताको पक्षमा फेसबुकमा लेखेर आफ्नो जागिर र पद जोगाउने अवस्था आज संगठनमा छ कि छैन ? आज हामीले विचार गर्नुपर्ने र ध्यान दिनुपर्ने कुरा यो छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved