सोनिया गान्धी कांग्रेस आईको संसदीय दलको नेता चुनिइन्

नेपालभ्युज

सोनिया गान्धी कांग्रेस आईको संसदीय दलको नेता चुनिइन्

काठमाडौं । सोनिया गान्धी कांग्रेस आई पार्टीको संसदीय दलको नेता चुनिएकी छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोनिया गान्धीलाई संसदीय दलको नेता चुनेको हो ।

कांग्रेस राज्यसभा सांसद प्रमोद तिवारीले समाचार एजेन्सी एएनआईलाई भने, ‘सबै नयाँ सांसदहरूलाई बधाई दिइयो। संसदीय दलको नेताका रूपमा सोनिया गान्धीको नाम प्रस्ताव गरिएको थियो र उहाँलाई चयन गरिएको थियो ।’

यसअघि बसेको कांग्रेस कार्यसमितिको बैठक बारे कुरा गर्दै तिवारीले भने, ‘सबैले सर्वसम्मतिले लोकसभामा विपक्षी दलको नेताका लागि राहुल गान्धीको नाम प्रस्ताव गरेका छन्। राहुल गान्धीलाई यो प्रस्ताव स्वीकार गर्न भनिएको छ।’

लोकसभा चुनावमा कांग्रेस पार्टीले ९९ सिट जितेको छ । १० वर्षपछि कांग्रेसले लोकसभामा विपक्षी दलको नेताको पद पाउनेछ ।

सोनिया गान्धी यस वर्षको सुरुमा राजस्थानबाट राज्यसभा सांसद निर्वाचित भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved