काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार छैटौं नेपाल गौरवयात्रा निकालेका छन्। ब्ल्यु डायमण्ड सोसाइटीको पहलमा एलबीजीटीआईक्यू अन्तर्गतका समूदायले गौरवयात्रा निकालिएका हुन्।
शनिबार काठमाडौंको शान्तिबाटिकाबाट सुरू भएको गौरव यात्रा जमल हुँदै नारायण चौर नक्साल पुगेर समापन भएको थियो।
अंग्रेजी जुन महिनामा संसारभर ‘प्राइड परेड’को नाममा यो समुदायले गौरव यात्रा मनाउँदै आइरहेका छन् ।
अमेरिकाको न्युयोर्कमा सन् १९६९ जुन महिनामा भएको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। सन् १९६९ जुन २८ मा अमेरिकामा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरी छापाका नाममा भएकोआक्रमण पछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो।
त्यही ‘प्राइड परेड’को सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’ का नाममा विभिन्न कार्यक्रमहरू गरिन्छ।
तस्वीरहरू–






Facebook Comment
Comment