रणवीर कपूरको ‘रामायण’ विरुद्ध पुरानी सिता

नेपालभ्युज

रणवीर कपूरको ‘रामायण’ विरुद्ध पुरानी सिता

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर आफ्नो आउँदै गरेको फिल्म ‘रामायण’ लाई लिएर चर्चामा छन् । यस फिल्मको निर्देशन नितेश तिवारीले गरिरहेका छन् ।

तर, अभिनेत्री दीपिका चिखलिया जसले सन् १९८७ को सीरिज रामायणमा सीताको भूमिका निर्वाह गरेकी थिइन् । उनले चाहेकी छैनन् कि रणवीर कपूरको रामायण बनोस् ।

दीपिकाले भनिन् कि रामायणलाई पटक पटक बनाउनु सही होइन ।  “म ती व्यक्तिबाट एकदमै निराश छु, जसले रामायण बनाइरहन्छन् । निर्माताले यसो गर्नु हुँदैन ।” दीपिकाले अगाडि भनिन्, “निर्माताले यसो गरेर धार्मिक ग्रन्थमाथि छेडछाड गरिरहेका छन् । जस्तै आदिपुरुषमा कृति सेननले साटिनको साडी लगाएकी थिइन् र सैफ अली खानको लुक ।”

दीपिका चिखलियाका अनुसार यसरी पटक पटक बनाइरहँदा रामायणको साँचो प्रभावमाथि नराम्रो असर परिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved