नेप्से सामान्य अंकले बढ्दा दश उपसमूह हरियाली 

नेपालभ्युज

नेप्से सामान्य अंकले बढ्दा दश उपसमूह हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव २२ अंकले बढेर २०८५ दशमलव ३० को विन्दुमा पुगेको छ ।

मंगलबार ३१५ कम्पनीका ५३ हजार ९ सय ९९ पटकको कारोबारमा ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ८४ करोड ७१ लाख ५ हजार ८ सय ७७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९५ अंकले बढेर ३७२ दशमलव ०२ को विन्दुमा पुगेको छ । १२५ कम्पनीको सेयर भ्यालु बढ्दा ११४ कम्पनीको घटेको छ । त्यस्तै, ८ वटाको स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये १० वटा बढेको छ भने ३ वटा घटेको छ । सर्वाधिक बढ्नेमा ट्रेडिङ्स कम्पनी रहेको छ । जुन ७९ दशमलव ३४ अंकले बढेको छ । निर्जीवन बीमा कम्पनी ५९ दशमलव ६४ को अंकले बढेको छ भने माइक्रोफाइनान्स इन्डेक्स ६६ दशमलव ४३ अंकले बढेको छ ।

मंगलबार हाइड्रोपावर कम्पनी १५ दशमलव ४७ अंकले घटेको छ भने म्युचुअल फण्ड र अन्य कम्पनीहरू पनि सामान्य अंकले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved