अफगानिस्तानको विजयी सुरुवात, युगान्डाविरुद्ध शानदार जित

नेपालभ्युज

अफगानिस्तानको विजयी सुरुवात, युगान्डाविरुद्ध शानदार जित

काठमाडौं । टी–२० विश्वकपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १ सय २५ रनको शानदार जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो ।

युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई÷दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।

यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved