काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजेन्द्र तामाङलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा एन्फाले तामाङलाई मुख्य प्रशिक्षक घोषणा गरेको हो । यस्तै, भगवती थापालाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ । विनोद महर्जनले गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
टोलीको व्यवस्थापनमा विन्द्रा दिवानलाई निरन्तरता दिँदा डा. ज्योति राई टोलीको डाक्टर तथा नविना श्रेष्ठ वैद्य टोलीको भने फिजियोको रुपमा टोलीसँग आबद्ध भएका छन् ।
एन्फा महासचिव किरण राईले सबैजनालाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
यस्तै, सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
अक्टोबर १७ देखि ३० सम्म हुने प्रतियोगितामा ७ सदस्य राष्ट्रको सहभागिता हुने साफले जनाएको छ । प्रतियोगिताका खेलहरु दशरथ रंगशालामा खेलाइने छ ।
Facebook Comment
Comment