गर्भावस्थामा लिच्ची खानु कस्तो हुन्छ ?

नेपालभ्युज

गर्भावस्थामा लिच्ची खानु कस्तो हुन्छ ?

एजेन्सी । गर्भवती महिलाका लागि लिच्ची निकै फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्वले कयौं रोगबाट बचाउँछ । लिच्चीबाट गर्भवती महिलालाई हुने लाभका बारेमा जानौं-

लिच्चीमा भिटामिन ए, भिटामिन सी, भिटामिन ई, सोडियम, क्याल्सियम, आइरन र म्याग्नेशियम जस्ता पोषक तत्व पाइन्छन्, जसले गर्भावस्थामा शरीरलाई स्वस्थ राख्न सहयोग गर्छन् ।

गर्भावस्थामा वान्ता हुने र वाकवाकी लाग्ने समस्या हुन्छ । यस्तोमा लिच्चीको सेवन गर्दा पाचन प्रणाली पनि राम्रो हुन्छ । यसमा हुने फाइबरले कब्जियत र अपच जस्तो समस्याबाट आराम दिन्छ ।

गर्भवती महिलालाई रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु एकदमै आवश्यक हुन्छ । त्यसैले इम्यूनिटी बलियो बनाउनका लागि लिच्ची खान सकिन्छ । लिच्चीमा हुने भिटामिन सीले इम्यूनिटीलाई बढाउँछ ।

गर्भावस्थामा तौल पनि तीव्र गतिमा बढ्न थाल्छ । यस्तोमा तौललाई नियन्त्रण गर्न लिच्ची खान सकिन्छ । लिच्चीमा पोलीफेनोल हुन्छ जसले तौल कम गर्छ ।

लिच्चीमा हुने एन्टीअक्सीडेन्ट गुणले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यसलाई खाँदा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ ।

लिच्चीले तनाव भगाउन पनि सहयोग गर्छ । यसमा हुने अक्सीडेटिव गुणले तनावबाट बचाउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved