चन्द्रमाको सुदूर क्षेत्रमा चिनियाँ अन्तरिक्षयान अवतरण

नेपालभ्युज

चन्द्रमाको सुदूर क्षेत्रमा चिनियाँ अन्तरिक्षयान अवतरण
फाइल फोटो

काठमाडौं। चीनले चन्द्रमाको अहिलेसम्म कोही पनि पुग्ने प्रयास नगर्ने सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ।

अन्तरिक्षयान ‘चाङ्ग–अ सिक्स’ चन्द्रमाको दक्षिणी ध्रुवस्थित एइकेन बेसिनमा आइतबार बेइजिङको स्थानीय समय अनुसार बिहान ६ बजेर २३ मिनेटमा पुगेको चाइना न्याश्नल स्पेश एडमिनिस्ट्रेशन (सीएनएसए)ले जनाएको छ।

सो चन्द्र मिशनले इतिहासमा पहिलो पटक सो क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने उद्देश्य राखेको छ। उक्त अनुसन्धानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टान सङ्कलन गर्न सक्ने ठानिएको छ।

चन्द्रमाको सुदूर क्षेत्रमा अन्तरिक्षयान पुग्दा सञ्चार कायम गर्न जटिल ठानिने भएकाले उक्त अवतरणलाई जोखिमपूर्ण मानिएको थियो।

सन् २०१९ मा आफ्नो चाङ्ग–अ–फोर अवतरण गरेर यस्तो उपलब्धि हासिल गर्ने चीन एक मात्र देश हो ।

अवतरणको समयमा कुनै पनि अवरोध पहिचान गर्न एउटा स्वायत्त भिजुअल प्रणाली परिचालन गरिएको थियो। चन्द्रमाको सतहको उज्यालो र अन्धकार अवस्थालाई हेरेर तुलनात्मक रूपमा सुरक्षित स्थान पहिचान गर्न एउटा हल्का किसिमको क्यामेरा पनि जडान गरिएको थियो ।

ल्यान्डर सुरक्षित अवतरण गर्ने स्थान भन्दा १०० मिटरमाथि रहँदा एउटा थ्री डी लेजर स्क्यानरको प्रयोग गर्दै ल्यान्डर बिस्तारै तल अवतरण गरेको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त सफल अवतरणलाई ‘ऐतिहासिक क्षण’ भनेको छ।

सीएनएसएका अनुसार सो ल्यान्डरले ३ दिनसम्म चन्द्रमाको सतहमा सामग्री सङ्कलन गर्नेछ। त्यसमा कयौँ ‘इन्जिनियरिङ अन्वेषण, उच्च जोखिम र धेरै जटिलता’ सामना हुने जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved