काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले आदिवासीहरुको इमान्दारिता र खसहरुको चतुर्यले देश बन्ने बताएका छन् । पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका किरातीले बुढानिलकण्ठ नारायनथानमा आयोजित साकेलामा आयोजीत कार्यक्रममा यस्तो बताएकाहुन् ।
किरातीले भने “अहिलेसम्म इमान्दारहरु बढी सोझा भए चतुरहरु इमान्दार बन्न सकेनन् । यो दुई प्रवित्तिलाई मिलाएर मात्र देशले फड्को मार्छ, यो कुरा पहिले पनि नरहरी आचार्यले समेत बताइसक्नु भएको हो ।’
आदिसावासीहरु अहिलेसम्म विश्वामा इमान्दार र बहादुरीले कहलिएकाछन् । खसहरु चुतुर्यछन् यो दुईलाई मिलाएर अव देशको अवस्था बदल्नुपर्ने उनले बताए । संविधानको मर्मअनुसारको ऐन र कानुनहरु निर्माणमा भएको ढिलासुस्तिका कारण भने जस्तो गति लिन नसकेको उनको भनाई छ । उनले देश र जनतालाई प्रथामिकतामा राखेर दृढतापुर्वक अगाडी बढ्ने हो भने वर्तमान निराशालाई चिर्न सकिने बताए ।
Facebook Comment
Comment