श्रम क्षेत्रका समस्या समाधान गर्न श्रमाधान रोजगार मेला सुरु गरिएको हो : मन्त्री अर्याल

नेपालभ्युज

श्रम क्षेत्रका समस्या समाधान गर्न श्रमाधान रोजगार मेला सुरु गरिएको हो : मन्त्री अर्याल

जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मधेस प्रदेशमा श्रमाधान रोजगार मेला उद्घाटन गर्दै धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन् ।

शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि ‍बताए ।

‘कुनै पनि कार्यक्रम गर्नुको पछाडि उदेश्य हुन्छ । त्यस्तै एउटा उद्देश्य बोकेको छ, श्रमाधान रोजगार मेलाले । स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो,’ उनले भने ।

यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने अर्यालले विश्वास व्यक्त गरे ।

सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरु गरेका हौं। यो कार्यक्रम सुरूवात हो, उनले भने । भविष्यमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved