लसुनको बोक्रा पनि काम लाग्छ, यसरी गर्नुहोस् प्रयोग

नेपालभ्युज

लसुनको बोक्रा पनि काम लाग्छ, यसरी गर्नुहोस् प्रयोग

एजेन्सी । लसुन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । त्यस्तै यसको बोक्रामा पनि एन्टीफंगल गुण हुन्छन् जो विभिन्न समस्यामा काम आउँछ ।

लसुनको बोक्रालाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे जानौं ।

लसुनको बोक्रामा एन्टीफंगल गुण हुने भएकाले यसले छाला चिलाउने समस्या कम गर्न सक्छ । त्यसका लागि लसुनका बोक्रा पिसेर पेस्ट बनाउनुहोस् । उक्त पेस्ट चिलाएको स्थानमा लगाउनुहोस् र केहीबेरमा सफा पानीले धुनुहोस् । चिलाउने समस्या कम हुन्छ ।

लसुनको बोक्रामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि पाइन्छ । उमालेर यसको पानी सेवन गर्नाले शरीरको इम्युनिटी बुस्ट हुन्छ जसले मौसमी रोगबाट बच्न सकिन्छ ।

डन्डीफोरको समस्या पनि लसुनको बोक्राको प्रयोग गर्न सकिन्छ । यसका लागि बोक्रा पिसेर बनाएको पेस्टलाई डन्डीफोरमा लगाउनुहोस् र केहीबेरपछि पानीले धुनुहोस् । डन्डीफोर छिटो निको बनाउन सहयोगी हुनेछ ।

कहिलेकाँही खुट्टा दुख्ने तथा सुन्निने समस्या भएको हुन्छ । यसबाट राहत पाउनका लागि पनि लसुनको बोक्रा प्रयोग गर्न सकिन्छ । यसका लागि लसुनको बोक्रा राखेर उमालेको पानीले दुःखेको खुट्टालाई राम्रोसँग धुनुहोस् । यो दुखाईमा फाइदाजनक हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved