सुपरस्टार अभिनेत्रीकी छोरीको प्रेममा मलाइकाका छोरा

नेपालभ्युज

सुपरस्टार अभिनेत्रीकी छोरीको प्रेममा मलाइकाका छोरा

एजेन्सी । मलाइका अरोडाका छोरा अरहान खान र रवीना टन्डनकी छोरी राशा थडानी आजकल चर्चामा छन् । उनीहरूलाई देखेर सवैले दुवै एकअर्काको प्रेममा भएको अड्कल काटिरहेका छन् ।

हालै दुवैलाई मुम्बईमा एक साथ देखिएको थियो । उनीहरूलाई मुम्बईको बान्द्रा क्षेत्रमा देखिएको थियो । त्यसपछि उनीहरूको प्रेमसम्बन्धको चर्चा चल्न थालेको छ ।

दुवै एकसाथ कारमा हाँस्दै बसिरहेको देखिन्थे । दुवैलाई एकसाथ देखेर प्रसशंकहरूले पनि ‘क्यूट कपल’ भन्न थालेका छन् । दुवैको जोडीलाई धेरैले मन पराइरहेका छन् । दुवैको सम्बन्धको सच्चाई के हो भनेर त उनीहरूबाटै सुन्नुपर्ने हुन्छ ।

राशा थडानी आफ्नी आमा रवीना जस्तै सुन्दर छन् र फिल्ममा अभिनेत्री बन्नका लागि तयार भइसकेकी छन् । राशा पनि आफ्नी आमा जस्तै फिल्मी दुनियाँमा कदम राख्न चाहन्छिन् र उनले निर्देशक अभिषेक कपूरको फिल्मबाट आफ्नो बलिउड डेब्यू पनि गर्दैछन् ।

मलाइका र अरबाज खानका छोरा अरहान पनि फिल्मी परिवारबाटै आउँछन् । तर, उनको अहिले बलिउडमा काम गर्ने कुनै योजना छैन । अहिलेसम्म यस विषयलाई लिएर अरहानले पनि कुनै खुलासा गरिसकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved