माधवजी यो समीकरणभन्दा बाहिर हुनुहुन्न : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

माधवजी यो समीकरणभन्दा बाहिर हुनुहुन्न : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिर नजाने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आजै बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफ्नो कुरा भएको बताए ।

‘माधवजी पहिलेदेखि नै यता पनि उता पनि जोडिने जस्तो त देखिएकै थियो । तर बिहान मेरो कुरा हुँदाखेर माधवजीले यो समीकरणभन्दा बाहिर छैन, हुँदैन भन्ने कुरामा मलाई क्लियर गर्नुभएको छ’, उनले भने ।

अध्यक्ष नेपाल बुधबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा पुगेका थिए । त्यहाँ जसपा नेपाल र लोसपाका अध्यक्षहरू पनि सहभागी थिए ।

बुढानीलकण्ठमा भएको छलफल मूलतः मधेस सरकार गठनको विषयमा केन्द्रित रहेको बताइएको छ । तत्काललाई त्यहाँको सरकारको नेतृत्व एमाले-माओवादी केन्द्रको गठबन्धनतिर जान नदिन प्रयत्न गर्ने समझदारी भएको पनि बताइएको छ ।

प्रचण्डले भने मधेसमा पनि आफूहरूको समीकरणभन्दा बाहिरको सरकार नबन्ने दाबी गरे । ‘समीकरणभन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन’, उनले भने, ‘हाम्रो अहिलेको जे समीकरण छ, त्यही अनुसारको सरकार बन्छ ।’

विराटनगर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशलाई पर्याप्त बजेटको व्यवस्था गरिएको बताए । उनले भने, ‘कोशीलाई कम बजेट भयो भन्नेकुरा सही होइन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved