काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न मे २९ अर्थात् ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा बुधबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।
सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता गरिएको हो ।
नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच भएको मैत्रीपूर्ण प्रतिष्पर्धामा खड्का विजयी भइन् ।
रेस्लिङ खेलमार्फत् विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो विश्व रेकर्ड हुने दाबी गरिन् ।
हास्य प्रस्तुति सहित हास्य कलाकार शिव शंकर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए ।
मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भुमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पा स्थानिय सहजीकरण गरेका थिए ।
Facebook Comment
Comment