१३ लाखभन्दा बढी नक्कली नोटसहित ४ जना पक्राउ

नेपालभ्युज

१३ लाखभन्दा बढी नक्कली नोटसहित ४ जना पक्राउ

बारा । ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका एक भारतीयसहित चारजना  पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट पक्राउ परेका हुन् ।

सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरूमा कोल्हवी नगरपालिका –६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम छन् ।

उनीहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको  छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved