काठमाडौं । जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५औं सन्तानका रुपमा गएराति छावी जन्मिएको हो । केन्द्रका प्रमुख मनिपुरन चौधरीका अनुसार राती हिमाली कलीले जन्माएको छावी स्वस्थ्य छ ।
प्रजनन केन्द्रमा रहेको हिमाली कलीले छावी जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको छ ।
रोनाल्डोको ३४औं सन्तानका रुपमा गत शनिवार राति कर्णालीकलीबाट छावा जन्मिएको थियो । प्रजनन केन्द्रमा जन्मने अधिकांश छावाका बाबु रोनाल्डो हो ।
केन्द्रमा हात्तीको बच्चा जन्मनुलाई उत्सवका रूपमा लिइन्छ ।
केन्द्रमा अहिले सम्म हात्तीका ६४ वटा बच्चा जन्मिसेकेका छन् । जन्मिएका मध्ये ३५ वटा रोनाल्डोका सन्तान भएको चौधरीले बताए । यो वर्ष पनि केन्द्रमा थप ८ वटा ढोई गर्भवती छन् ।
ढोई गर्भवती भएको २२ देखी २४ महिनामा छावा जन्माउने गर्दछन् ।
Facebook Comment
Comment