म्याद थपका लागि सिरोहियालाई आज अदालत पेश गरिदैँ, धनुषा प्रहरीका ६ तर्क

नेपालभ्युज

म्याद थपका लागि सिरोहियालाई आज अदालत पेश गरिदैँ, धनुषा प्रहरीका ६ तर्क

काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा उपस्थित गराइने भएको छ । सिरोहियालाई बिहान १० बजे अदालतमा लगिने धनुषा प्रहरीले जनाएको छ ।

अदालतबाट म्याद थपेसँगै उनीमाथि थप अनुसन्धान सुरु हुने मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

उनलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पब्लिकेसन्सको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।

सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत वैशाख १७ गते जाहेरी दर्ता भएको थियो ।

सिरोहिया पक्राउविरुद्ध सर्वत्र विरोध र आलोचना भइरहदा धनुषा प्रहरीले नागरिकता किर्ते गरेको आरोपमा पक्राउ गर्नु परेको प्रष्टिकरण दिएको छ ।

धनुषा प्रहरीले सिरोहिया पक्राउ गर्नुका ६ वटा आधार सार्वजनिक गरेको छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू उल्लेख गरिएका छन् ।

प्रहरीले दिएका आधार यस्ता छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved