रोकिएन नेप्सेको उकालो यात्रा, परिसूचक २१ सयको विन्दुमा 

नेपालभ्युज

रोकिएन नेप्सेको उकालो यात्रा, परिसूचक २१ सयको विन्दुमा 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि नेप्सेमा हरियाली भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१७ कम्पनीका ७३ हजार ६ सय ६७ पटकको कारोबारमा १ करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५३ अंकले बढेर ३७७ दशमलव ६० को विन्दुमा पुगेको छ । आज १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटाको घटेको छ ।

यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक बढेको छ भने विकास बैंकहरुको परिसूचक सबैभन्दा धेरै घटेको छ । त्यसै गरी, हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved