कांग्रेसको अवरोधप्रति प्रधानमन्त्रीको चेतावनी- यसको मूल्य चर्को पर्ने छ

‘नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्ने छ । आजको तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुने छ, कलंकको रुपमा’, उनले भने ।

नेपालभ्युज

कांग्रेसको अवरोधप्रति प्रधानमन्त्रीको चेतावनी- यसको मूल्य चर्को पर्ने छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेसप्रति कटाक्ष र चेतावनी व्यक्त गरेका छन् ।

आफूले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्ने क्रममा, प्रस्तावमा भाग लिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले धारणा राख्ने क्रममा र छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेसले वेल घेराउ गर्नुका साथै नाराबाजी गरिरहेकपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट देखिएका थिए ।

‘अवरोधमा रहेका माननीय सदस्यहरूलाई, खासगरी नेपाली कांग्रेसका सबै माननीय सदस्यहरूलाई भन्न चाहन्छु- तपाईंहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ’, उनले भने ।

जुन प्रधानमन्त्रीले कांग्रेसलाई पटकपटक साथ दियो, संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गर्‍यो, त्यही प्रधानमन्त्रीलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो ।

‘म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्ने छ । आजको तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुने छ, कलंकको रुपमा’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved