देउवासँग शुक्रबार हुने भनिएको प्रचण्डको भेट सर्‍यो

नेपालभ्युज

देउवासँग शुक्रबार हुने भनिएको प्रचण्डको भेट सर्‍यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार हुने भनिएको भेट सरेको छ । शुक्रबार हुने भनिएको भेट शनिबारका लागि सरेको भनिएता पनि समय भने यकिन नभएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

शुक्रबार उनीहरुबीच टेलिफोनमा भएको संवादको आधारमा दिउँसो २ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठक पनि सूचना टाँसेर आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसले लगाउँदै आएको छ  । गृहमन्त्री रवी लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षी कांग्रेसको अडान यथावत छ ।

सहकारीको समग्र समस्याको समाधान गर्ने उपाय सुझाउने गरी समिति गठन गर्ने सत्तारुढ दलहरुको प्रस्तावमा कांग्रेस  तयार नभएपछि संघीय संसद प्रभावित छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved