एजेन्सी । पौराणिक कथामा कैलास पर्वतलाई भगवान शिवको निवासको स्थान बताइएको छ । भनिन्छ, यो पर्वतमा शिवजी आफ्नो परिवारका साथ बस्ने गर्थे । यो अहिले पनि एकदमै रहस्यमयी पर्वतमा पर्दछ ।
यो पर्वतसँग जोडिएका केही कुरा अहिले पनि मानिसले बुझ्ने क्षमताभन्दा टाढा छन् । आज हामी कैलास पर्वतसँग जोडिएका केही रोचक कुरा बताउनेछौं ।
कैलास पर्वतमा समयको गति पनि छिटो हुने मान्यता छ । यहाँ चढ्ने यात्री तथा वैज्ञाहरूको भनाईअनुसार यस पर्वतमा पुग्दै गर्दा कपाल र नङ चाँडो चाँडो बढ्न थाल्छन् ।
सूर्योदयको समयमा कैलास पर्वतमा जब सूर्यको किरण पर्दछ, त्यतिबेला विशाल स्वस्तिक चिन्ह जस्तो देखिने गर्छ । यो एकदमै अद्भुत दृश्य मानिन्छ ।
कैलास पर्वतमा अवस्थित मानसरोवरको बारेमा भनिन्छ, यहाँ पवित्र डुब्की लगाउँदा अघिल्लो सात जन्मका पाप नष्ट हुन्छन् । यो एउटा धार्मिक मान्यता मात्र हो ।
तीर्थ यात्रीका अनुसार, कैलास पर्वतमा जाने बेला त्यहाँ ऊँ को ध्वनी सुनिन्छ । यही कारणले यो पर्वतलाई ऊँ पर्वतको नामले पनि चिनिन्छ ।
कैलास पर्वतमा जाने यात्रीका अनुसार यस स्थानमा एउटा छुट्टै शान्तिको महसुस हुने गर्छ ।
कैलास पर्वतको उचाई ६७१४ मिटर रहेको छ । जसको शिखर एउटा विशाल शिवलिंग जस्तो देखिन्छ । यो शिखर वर्षैभरी हिँउले ढाकिएको हुन्छ ।
कैलास पर्वतलाई सिन्ध, ब्रह्मापुत्र, सतलज र कर्णाली वा घाघरा नदीको उद्गम स्थल पनि मानिन्छ । कैलास पर्वतको शिखरको बीचमा दुईवटा झरना छन् जसलाई मानसरोवर र राक्षस झरना भनिन्छ ।
Facebook Comment
Comment