मलाइकाले भाडामा लगाइन आफ्नो विलासी भवन

नेपालभ्युज

मलाइकाले भाडामा लगाइन आफ्नो विलासी भवन

एजेन्सी । मलाइका अरोडालाई बलिउडकी सफल अभिनेत्री वा कलाकारको स्थानमा राखिने गरिन्छ । ५० वर्ष उमेर पुग्दै गरेकी मलाईका अहिले पनि उत्तिकै क्रियाशील र ऊर्जावान देखिन्छिन् । उनी आफ्नो योग, कसरत लगायत फेसनले पनि चर्चामा आइरहन्छिन् ।

अहिले मलाइका मुम्बईको पाली हिल स्थित आफ्नो अपार्टमेन्टलाई भाडामा दिएर चर्चामा आएकी छन् । उनले आफ्नो अपार्टमेन्ट चर्चित डिजाइनर कशिश हंसलाई दिएकी छन् । जसका लागि उनले मोटो रकम लिनेछिन् ।

खबरअनुसार तीन वर्षका लागि अभिनेत्रीले अपार्टमेन्ट भाडामा दिएकि हुन् । जहाँ एक महिनाको भाडाको रकम करीब डेढ लाख भारतीय रकम रहेको बताइएको छ ।

मलाइकाको अपार्टमेन्टको भाडा पाँच प्रतिशतको दरले हरेक वर्ष बढ्ने पनि सम्झौतामा बताइएको छ । साथमा भाडामा बस्नेले अग्रीम भुक्तानी स्वरुप साढे चार लाख रुपैयाँ दिइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved