प्रमुख सचेतकसँगको छलफलमा सभामुख, संसद् बैठक रोक्न विपक्षीको माग

नेपालभ्युज

प्रमुख सचेतकसँगको छलफलमा सभामुख, संसद् बैठक रोक्न विपक्षीको माग

काठमाडौं । सभामुख देवराज घिमिरे र दलहरूका प्रमुख सचेतको बैठक बसिरहेको छ ।

संसद् भवनस्थित सभामुखको कार्यकक्षमा झण्डै एक घण्टादेखि बैठक जारी छ ।

संसद्को अवरोध खुलाउने विषयमा छलफल भइरहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

बैठकमा विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक रोक्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, अझैसम्म बैठक सुरू हुन सकेको छैन ।

कांग्रेसले सहकारी अनियमिततामा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । सो दलले सभामुख घिमिरेको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने माग पनि गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved