रातो मच्छिन्द्रनाथको रथजात्रा रोकियो, रथ मर्मत गरेपछि मात्रै तान्न सकिने

नेपालभ्युज

रातो मच्छिन्द्रनाथको रथजात्रा रोकियो, रथ मर्मत गरेपछि मात्रै तान्न सकिने

काठमाण्डौ । ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ । रथ मर्मत गर्नु पर्ने भएकाले जात्रा रोकिएको हो ।

रथ निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर मर्मत गर्ने जनाएको हो । हिजो रथ ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा निकै ढल्किएपछि रथ तान्न समस्या भएको थियो ।

अब रथ मर्मत गरेपछि मात्रै रथ तानिने बताइएको छ । गएको शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको थियो । रथलाई गाबहाल, महापाल, मङ्गलबजार, सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म लगिएको छ ।

मच्छिन्द्रनाथको रथयात्रा थपाहितिबाट लगनखेल, इटिटोल, जावलाखेलसम्म लैजान बाँकी छ । रथलाई जावलाखेलमा पुरयाएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved