रास्वपाले भन्यो- अब संसदीय समिति बन्दैन

नेपालभ्युज

रास्वपाले भन्यो- अब संसदीय समिति बन्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय समिति नबन्ने बताएको छ ।

बिहीबार संसद बैठकपछि रास्वपा सहप्रवक्ता मनिष झाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेकोले अब समिति नबन्ने बताएका हुन् ।

उनले भने, अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार हुन्छ ।’

कांग्रेस सभापति देउवाका साथै उनका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्ने  उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved