डा. केसीको स्वास्थ्य बुलेटिन- जुनसुकै बेला जीवनलाई खतरा हुनसक्ने

नेपालभ्युज

डा. केसीको स्वास्थ्य बुलेटिन- जुनसुकै बेला जीवनलाई खतरा हुनसक्ने
फाइल फोटो

काठमाडौं । डा. गोविन्द केसीको बिहीबार गरिएको स्वास्थ्य परीक्षणमा मुटुको चालमा समस्या देखिएको छ । शिक्षण अस्पताल महाराजगंजमा बिहीबार गरिएको परीक्षणमा पिसाबको मात्रा, रगतमा सुगरको मात्रा र सेता रक्तकोषको मात्रामा कमि जस्ता समस्या देखिएको छ ।

‘जुनसुकै समयमा पनि स्वास्थ्य अवस्था अझ गम्भीर भई जीवनलाई समेत खतरा हुनसक्ने भएकाले शघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिन्छ’, अस्पतालले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ ।

स्वास्थ्य परीक्षण टोलीले डा केसीलाई उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराई अनसनलाई निरन्तरता दिन उचित नहुने सल्लाह पनि दिएको छ ।

डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा लगायतका माग राखेर गत शनिबारदेखि पशुपतिमा अनसन सुरु गरेका थिए । तर, उनको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ उनलाई शिक्षण अस्पताल लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved