गुजरात र कोलकाताबीचको खेल रद्द, गुजरात प्रतियोगिताबाटै बाहिरियो

नेपालभ्युज

गुजरात र कोलकाताबीचको खेल रद्द, गुजरात प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिगमा गएराति भएको खेल वर्षाका कारण रद्द भएको छ । गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो । लगातारको वर्षाका कारण टस पनि हुन सकेन । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अंक बाँडेका छन् ।

अंक बाँडेपनि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि गुजरात प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अंक जोडेको थियो ।

कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अंक भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आईपीएलमा आज दिल्ली र लखनउ खेल्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved