राजनीतिक स्थिरताका लागि सरकारमा बस्न तयार छौँ : एकीकृत समाजवादी

नेपालभ्युज

राजनीतिक स्थिरताका लागि सरकारमा बस्न तयार छौँ : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक स्थिरताका लागि सरकारमा रहन तयार रहेको बताएको छ ।

सोमबार सकिएको पोलिटब्यूरो बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले पत्रकारहरूसँग भने, “राजनीतिक स्थिरताका लागि सरकारमा बस्न तयार छौँ ।”

अगाडि उनले भने, “सरकारमा हामी किन बस्ने भन्नेबारे हाम्रो दृष्टिकोण स्पष्ट छ । राम्रो सहकार्य भए, शक्तिअनुसारको सम्मान हैसियत पाए राजनीतिक स्थिरताका लागि सरकारमा बस्न तयार छौँ ।”

आजको बैठकमा राजनीतिक, विधान, सङ्गठनलगायतका दस्तावेजमाथि छलफल भएको र ४१ जना नेताहरूले धारणा राखेको खतिवडाले बताए ।

मङ्गलबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक ललितपुरको कान्तिपुर गार्डेनमा बिहान ११ बजे सुरु हुने उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved