मञ्चमा प्रियंका गान्धीले राहुललाई ‘बिहे कहिले गर्ने ?’ भनेपछि…

नेपालभ्युज

मञ्चमा प्रियंका गान्धीले राहुललाई ‘बिहे कहिले गर्ने ?’ भनेपछि…

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको रायबरेलीमा भएको चुनावी र्‍यालीमा क्रममा भारतीय राष्ट्रिय कांग्रेसका नेताहरू राहुल गान्धी र प्रियंका गान्धीले स्टेजमा हाँस्दै र ठट्टा गरेका थिए ।

प्रियंकाले दाई राहुललाई सोधेकी थिइन्, ‘बिहे कहिले गर्ने ?’, यसको जवाफमा राहुलले भने, ‘अब छिट्टै गर्नुपर्छ ।’

मञ्चमा प्रियंका बसिरहेकी थिइन् ।

राहुलले प्रियंकालाई आफ्नो नजिक बोलाएर मायालु ढंगले गाला समात्दै भने, ‘यिनी मेरी बहिनी हुन्, म उनलाई हृदयदेखि नै धन्यवाद दिन्छु, जब म देशभर प्रचार गर्छु, उनी मलाई मद्दत गर्न यहाँ छिन् । रगत पसिना बगाइरहेकी छन् ।’

राहुल गान्धीले आफ्नो भनाइ पूरा गर्नुअघि नै प्रियंकाले आफ्ना समर्थकहरूतर्फ इशारा गर्दै भनिन्, ‘पहिले उनीहरूलाई जवाफ दिनुहोस्…’

जब राहुलले सोधे- के हो प्रश्न ? प्रियंकाले भनिन्, ‘बिहे कहिले गर्ने ?’

यसअघि पनि राहुललाई धेरै पटक बिहे कहिले गर्ने भनेर सोधिएको थियो । तर, उनी प्रायः यो प्रश्नलाई बेवास्ता गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved