प्रधानमन्त्री-सभामुखबीच फोन वार्ता : के विषयमा भयो कुराकानी ?

नेपालभ्युज

प्रधानमन्त्री-सभामुखबीच फोन वार्ता : के विषयमा भयो कुराकानी ?
फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् ।

उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्री प्रचण्डबाट भएका प्रयास र संसद्‌को तयारीबारे छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए ।

उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र सोमबार साँझसम्म निष्कर्षमा पुगिने सभामुख घिमिरेलाई बताए।

प्रचण्डले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरू गर्ने बताएका थिए । त्यसक्रममा उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।

सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गरेका थिए ।

उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए । उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved