पार्टी फुटेको एक सातापछि बल्ल सरकार छाड्ने तयारीमा उपेन्द्र यादव

आफैँ उपप्रधानमन्त्री रहेको सत्ता ढाल्न उपेन्द्र लागेकाले पार्टी विभाजन गर्नुपरेको राई पक्षको आरोप थियो । तर, पार्टी फुटे पनि यादव सरकारमा टाँसिइरहेका छन् । तीव्र आलोचनापछि उनी सरकारबाट बाहिरिने निर्णयमा पुगेको जनाइएको छ ।

नेपालभ्युज

पार्टी फुटेको एक सातापछि बल्ल सरकार छाड्ने तयारीमा उपेन्द्र यादव

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने भएका छन् ।

अघिल्लो साता विभिन्न आरोपसहित अशोक राई पक्षले पार्टी फुटाए पनि सरकारमै रहेका यादवले अहिले बल्ल प्रधानमन्त्री प्रधानमन्त्रीसँग भेटेर सरकार छाड्ने बताएका हुन् ।

आइतबार बिहान यादवले प्रधानमन्त्रीसँग भेटेका थिए । भेटमा सरकार छाड्ने बताएको जसपाका एक नेताले बताए ।

यादवले सोमबार काठमाडौंमा बस्ने गरी पार्टीको कार्यकारिणी बैठक बोलाएका छन् । कार्यकारिणी सदस्यको बैठकपछि औपचारिक निर्णय लिने बताए ।

अघिल्लो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित सात प्रतिनिधिसभा सदस्यले पार्टी विभाजन गरेका थिए ।

राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरे पनि यादव पक्षसँग पाँचजना मात्र सांसद् छन् ।

उपेन्द्र सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री छन् । आफैँ उपप्रधानमन्त्री रहेको सत्ता ढाल्न उपेन्द्र लागेकाले पार्टी विभाजन गर्नुपरेको राई पक्षको आरोप थियो ।

तर, पार्टी फुटे पनि यादव सरकारमा टाँसिइरहेका छन् । तीव्र आलोचनापछि उनी सरकारबाट बाहिरिने निर्णयमा पुगेको जनाइएको छ ।

 

यो पनि पढ्नुहोस :

मधेसमा यस्तो बन्यो नयाँ गठबन्धन, जनमत र लोसपा पनि सहभागी

मधेसमा जसपाको सरकार जाने निश्चित, नयाँ सरकारको नेतृत्व जनमतले पाउला ?

मधेस सरकारबाट एमाले पनि बाहिरियो

मधेस प्रदेश : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन पनि फिर्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved