काठमाडौँ। रसियन-अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘गिल्टी अर नट गिल्टी’ टेकुस्थित कौसी थिएटरमा आगामी जेठ ३ देखि २६ गतेसम्म मञ्चन हुने भएको छ।
‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’ मा आधारित नाटकको निर्देशन रङ्गकर्मी राजकमल फकिरले गरेका छन्। निर्देशक फकिरका अनुसार नाटक रहस्य र थ्रीलर जनरामा बनेको छ।
फकिर ड्रिमको प्रस्तुति रहेको नाटकको ध्वनि संयोजन नरेश गजुरेल र प्रकाश व्यवस्थापन आशान्त शर्माको रहेको छ। नाटक ‘गिल्टी अर नट गिल्टी’ मा विजय ताम्राकार, समापिका गौतम, रुपेश लामा, जेम्स ढकाल, अशोक गौतम, विजया पौडेल, आभास अधिकारी, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, सदिन लुइँटेल, सहितका कलाकारको अभिनय रहने छ।
नाटक मंगलबार बाहेक प्रत्येक साँझ बेलुका ५:३० बजे र शनिवार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।
Facebook Comment
Comment