हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम हुने अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

नेपालभ्युज

हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम हुने अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने दाबी गरेका छन् ।

राष्ट्रपति बाइडेनले हमासले बन्धक रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए ।

अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको गरेको आक्रमणको  बाइडेनले विरोध गरे ।

बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै सरकारले तोपखाना र अन्य हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए ।

हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन् । हमासका आतंककारीहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाई हमला गरेका थिए । हमासले गरेको आक्रमणमा १ हजार भन्दा बढी मानिस मारिएका थिए ।

आक्रमणका क्रममा हमासले २५० जना इजरायलीलाई अपहरण गरेको थियो । यसअघिको युद्धविराममा केही बन्दीको रिहा गरेपनि अझै आधा बन्धक अझै हमासको नियन्त्रणमा छन् । स्थायी युद्धविरामको प्रत्याभूती दिलाएमात्रै बन्दी रिहा गर्ने हमासले अडान लिदै आएको छ ।

इजरायलको जवाफी हमलामा गाजामा ३४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हमासको अडानका कारण इजरायलले रफाह क्षेत्रमा फेरि आक्रमण सुरु गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved