एजेन्सी । जाडोको समयमा कुर्कुच्चा फुट्नु आम समस्या जस्तो हुन्छ । तर, कतिपय मानिसको गर्मी मौसममा पनि खुट्टा वा कुर्कुच्चा फुट्ने समस्या हुन्छ । आखिर गर्मीमा किन फुट्छन् खुट्टा ? यसबारेमा जान्नुभयो भने यसको उपचार पनि सजिलो हुनेछ ।
गर्मीमा धुलो तथा माटो धेरै हुने गर्छ र हामीले गर्मीमा मोजाको प्रयोग पनि त्यति गर्दैनौं । जसले गर्दा खुट्टा फुट्ने समस्या हुन सक्छ । गर्मीले गर्दा हामीले जुत्ता नलगाई चप्पलको अत्यधिक प्रयोग गर्छौं यसले पनि कुर्कुच्चा फुट्ने समस्या उत्पन्न हुन्छ ।
गर्मीमा खुट्टा फुट्ने समस्याबाट आराम पाउनका लागि महको प्रयोग गर्न सकिन्छ । यसले स्क्रब गर्ने यानिकी घोटेर धुने गरेमा फुट्ने समस्या निको हुँदै जान्छ ।
त्यस्तै गर्मीमा खुट्टा फुट्ने समस्या हुन्छ भने पातलो भए पनि मोजा लगाउने गर्नुहोस् । यसले खुट्टा फुट्नबाट जोगाउनुका साथै घामले जल्ने समस्या पनि हुँदैन ।
गर्मीमा खुट्टा फुट्ने समस्या भएको अवस्थामा केहीबेर खुट्टा पानीमा डुबाउनुहोस् । जाली वा स्क्रबरको माध्यमले खुट्टालाई घोटेर फोहोर फाल्नुहोस् । सफा खुट्टामा मोइस्चराइजर लगाउनुहोस् । यसरी दैनिक रूपमा खुट्टाको स्याहार गरेमा फुट्ने समस्या कम हुँदै जान्छ ।
Facebook Comment
Comment