राष्ट्रपति हत्या भएको हाइटीमा प्रधानमन्त्रीमाथि पनि हमला

हाइटीका प्रधानमन्त्री एरिएल हेनरीको हत्या प्रयास भएको छ ।

नेपालभ्युज

राष्ट्रपति हत्या भएको हाइटीमा प्रधानमन्त्रीमाथि पनि हमला

काठमाडौं। हाइटीका प्रधानमन्त्री एरिएल हेनरीको हत्या प्रयास भएको छ । बन्दुकधारीले शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री हेनरीको हत्या प्रयास गरेको हाइटीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाइटीको उत्तरी शहर गोनाइवेसस्थित चर्चमा भएको कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए । सोही क्रममा बन्दुकधारीले गोली प्रहार गरेका हुन्। तर प्रधानमन्त्री बच्न सफल भएका छन्। बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा एकजनाको ज्यान गएको छ। अर्का दुईजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गएको जुलाईमा हाइटीका राष्ट्रपति जोभेनल मोइजको हत्या भएको थियो। त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर पनि बन्दुकधारीले प्रधानमन्त्रीलाई निशाना बनाएका हुन् ।

प्रधानमन्त्री हेनरीले आपराधिक समूहलाई सखाप पार्ने बताउँदै आएका छन् । हत्या प्रयासमा आतंकवादी समूहको हात रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved