काठमाडौं । मधेस प्रदेश सभामा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सदस्य रहेका अभिराम शर्मा निलम्बित भएका छन्।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा शर्माले जन्मकैदको सजाय पाएका छन्। सोही कारण उनी निलम्बित भएको प्रदेश सभा सचिवालयबाट जारी गरिएको सूचनामा उल्लेख छ।
सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘… कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मुद्दामा प्रतिवादी समेत रहनु भएका प्रदेश सभा सदस्य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएकोले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१० को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको यो सूचना सम्बन्धित सबैमा जानकारी का लागि प्रकाशित गरिएको छ।’
Facebook Comment
Comment