रातो मत्स्येन्द्रनाथको रथ निर्माण हुँदै (तस्वीरहरू)

रातो मत्स्येन्द्रनाथको रथ निर्माण हुँदै (तस्वीरहरू)

काठमाडौं । वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथ निर्माणको कार्य अहिले धमाधम हुँदै छ। करिब १६०० वर्षभन्दा पुरानो मानिने यो जात्रा, काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा हो।

यो रथयात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। यसपालि यो जात्रा यही वैशाख २९ गते सुरु हुँदैछ।

ललितपुरको पुल्चोकमा भइरहेको रातो मत्स्येन्द्रनाथको रथ निर्माणमा पाटनका वाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठियार सहभागी छन्। रथ यात्रामा रथ नभाच्चियोस् भनेर शिरदेखि फेदसम्म बेत बाँसको प्रयोग गरिन्छ। बेत बाँस लचकदार हुने हुँदा सामान्य अवस्थामा भाँचिदैन।

रथ निर्माणको क्रममा रथमाथि चढ्ने कामदारहरूले जुत्ता र छालाजन्य सामग्रीहरू लगाएर जान पाउँदैनन्।

रातो मत्स्येन्द्रनाथलाई हिन्दु धर्मावलम्बीहरूले ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्म पाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्दछन्।

तस्वीरहरू:-


 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved