दक्षिण अफ्रिकाको संसद् भवनमा आगो लगाएको अभियोगमा एक पक्राउ

भवनमा जलेपनि संसद्को काम नरोकिने प्रधानमन्त्रीको वाचा

नेपालभ्युज

दक्षिण अफ्रिकाको संसद् भवनमा आगो लगाएको अभियोगमा एक पक्राउ

एजेन्सी। दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद् भवनमा आगो लगाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। उनीविरुद्ध आगजनी, भवन तोडफोड र चोरीको अभियोग लगाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार यी व्यक्ति अदालतमा उपस्थित हुनेछन्।

आइतबार लागेको आगो निभाउनका लागि अग्नि नियन्त्रकहरू घण्टौंदेखि लागिरहेका छन्। राष्ट्रपति सिरिल रामापोसाले यस घटनालाई ‘‘भयावह र स्तब्धकारी’’ भनेका छन्। तर, संसद्को काम नरोकिने वाचा उनले गरेका छन्।

बिदाका कारण संसद् अधिवेशन चलेको थिएन। त्यहीकारण संसद् भवनमा कोही घाइते भने भएका छैनन्। केपटाउन मेयर कमिटीका सदस्य जेपी स्मिथका अनुसार आगलागीका कारण पुरानो एसेम्बली हलको छत खसेको छ र पुरानो चेम्बरमा पनि क्षति पुगेको छ।

भवनमा ठूला-ठूला चिरा परेको देखिएको अधिकारीहरूले जनाएका छन्। क्षतिको पूर्ण विवरण आउन भने बाँकी नै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved