वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज हुँदै, नेपाल जित्नै पर्ने दबाबमा

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज हुँदै, नेपाल जित्नै पर्ने दबाबमा

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ए २– १ ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो । पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved