टि-२० विश्वकपका लागि नेपाली टोली घोषणा, सागर ढकाल र कमल सिंह ऐरी पनि परे

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । विश्वकप क्रिकेट आगामी जुन १ तारिखदेखि एक महिनासम्म संचालन हुँदैछ । नेपाली टोलीमा अधिकांश अनुमान गरिएकै खेलाडी समेटिएको छ ।

नेपालभ्युज

टि-२० विश्वकपका लागि नेपाली टोली घोषणा, सागर ढकाल र कमल सिंह ऐरी पनि परे

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने आसन्न टि-२० विश्वकप क्रिकेटका लागि नेपालले टिम घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । विश्वकप क्रिकेट आगामी जुन १ तारिखदेखि एक महिनासम्म संचालन हुँदैछ ।

नेपाली टोलीमा अधिकांश अनुमान गरिएकै खेलाडी समेटिएको छ । दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाउने चर्चा भए पनि घोषणा गरिएको छैन ।

ओपनरका रुपमा कुशल भूर्तेल र आसिफ शेखलाई नै विश्वास गरिएको छ । यद्यपी टोलीमा अनिल शाह पनि छन् । उनी तेस्रो क्रममा पनि ब्याटिङ गर्न सक्छन् ।

नेपालको मध्यक्रम कप्तान रोहित र उपकप्तान ऐरीसँगै कुशल मल्ल, सन्दीप जोरा र गुल्सन झाले सम्हाल्नेछन् ।

करण केसी र सोमपाल कामी फास्ट बलरका रुपमा रहनेछन् भने पहिलो रोजाईको स्पिनरका रुपमा ललित नारायण राजवंशीले स्थान बनाएका छन् । दोस्रो रोजाइमा सागर ढकाल परेका छन् ।

ऐरी, भूर्तेल र मल्ल पनि पार्ट टाइम स्पिनरका रुपमा रहनेछन् । यस्तै गुल्सन झा, कमल सिंह ऐरी बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी पनि टिममा समावेश भएका छन् ।

विश्वकपमा नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, बंगलादेश र श्रीलंका छन् । पहिलो खेल नेपालले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved