काठमाडौं । मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीमा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको मोटरसाईक दुर्घटना हुँदा चालक २९ वर्षिय अनिलराज घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ३१ वर्षका यमबहादुर सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ । गएराति अनियन्त्रित भएर मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
यसैबीच, कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहबीमा गएराति भएको सवारी दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेकोे ट्रकले पैदलयात्रामा रहेका २२ वर्षिय सिकेन्दर रामलाई ठक्कर दिएको थियो ।
चमारलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाराको गढिमाइ नगरपालिका वडा नम्बर ५ का चमार स्थानीय हुलास वाइर उद्योगमा काम गर्दै आएका थिए ।
Facebook Comment
Comment