काठमाडौं । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।
Facebook Comment
Comment