जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला

नेपालभ्युज

काठमाडौं । जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । रामानन्दचोकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

होटेलको कोठा भित्र चुकुल लागेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरी लोहारपट्टी नगरपालिका ४ खुट्टाकी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

मंगलवार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको देखिएको थियो ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । मृतक पुरूषका चार र महिलाको १ सन्तान छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved