काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनवाइ स्थगित भएको छ ।
सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । तर, न्यायाधीशले मुद्दालाई सुनवाइ गर्न नभ्याइनेमा राखे ।
८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको थियो ।
अब आगामी सुनुवाइका लागि वैशाख १६ गते आइतवारका लागि पेशी तोकिएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो ।
सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुने छ । आगामी जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा आइसिसी टी–२० विश्वकप क्रिकेट हुँदैछ ।
यदि त्यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बदर भएमा उनले सफाइ पाउनेछन् ।
Facebook Comment
Comment