इजरायलमाथि शक्तिशाली हमला गर्ने इरानको तयारी, इजरायललाई नछुन अमेरिकाको चेतावनी

नेपालभ्युज

इजरायलमाथि शक्तिशाली हमला गर्ने इरानको तयारी, इजरायललाई नछुन अमेरिकाको चेतावनी

काठमाडौं । इरानले इजरायलमाथि आक्रमणको तयारी गरिरहेको खबरहरु सार्वजनिक भएको छ ।

अमेरिकी सेनाले प्राप्त गरेको सूचनाअनुसार इजरायलमाथि शक्तिशाली आक्रमणको अन्तिम तयारीमा इरान जुटेको खबर बाहिरिएको हो ।

इरान १०० भन्दा बढी शक्तिशाली ड्रोन र दर्जनौँ मिसाइलमार्फत् एकैपटक इजरायलमाथि आक्रमणको योजनामा रहेको अमेरिकाको दाबी छ ।

इरान आगामी ४८ घण्टाभित्रै इजरायलमाथि शक्तिशाली आक्रमणको तयारीमा जुटेको अमेरिकी समाचार संस्था सीबीएसले जनाएको छ ।

१२ दिनअघि सीरियाको राजधानी दमास्कसमा इजरायली आक्रमणमा आफ्ना सैन्य अधिकारी मारिएको घटनाको बदला लिने तयारीमा इरान पुगेको हो ।

इरानी सर्वोच्च नेता  अलि खामोनीले केही दिन अघि रमादानको अवसरमा सम्वोधन गर्दै आफ्ना सैन्य अधिकारीको ज्यान लिने इजरायललाई दण्ड दिएरै छाड्ने वाचा गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । बाइडेनले इजरायलमाथि आक्रमण गरे अमेरिका इजरायलको प्रतिरक्षामा उत्रिने भन्दै इरानलाई सचेत गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved