राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

नेपालभ्युज

राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रपाका अनुसार बृहत जनप्रदर्शन बिहान साढे ११ बजेबाट सुरु हुने छ ।

भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउनका लागि दबाब सिर्जना गर्न काठमाडौं केन्द्रित प्रदर्शन गर्न लागिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

लिङदेनले शान्तिपूर्ण प्रदर्शनलाई नबिथोल्न पनि चेतावनी दिएका छन् । प्रर्दशनलाई निषेध र दमन गरे त्यसको जिम्मा सरकारले लिनु पर्ने लिङदेनको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved