ब्राइटनलाई हराउदै आर्सनल लिगको शीर्ष स्थानमा उक्लियो

नेपालभ्युज

ब्राइटनलाई हराउदै आर्सनल लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आर्सनल इङ्लिस प्रिमियर लिग (Premier League)को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनले ब्राइटनमाथि ३–० को जित निकालेसँगै आर्सनल शीर्ष स्थानमा पुगेको हो ।

आर्सनलको जितमा बुकाया साका, काइ हार्भटेज र लियान्ड्रो ट्रोसार्डले गोल गरे । यो सँगै आर्सनलको ३१ खेलबाट ७१ अंक भएको छ ।

हिजै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित   ग-यो ।

जितसँगै सिटी ७० अंकका साथमा तेस्रो स्थानमा छ । शनिबारका अन्य खेलमा एभरटनले बर्नलीलाई १–०, न्युकासल युनाइटेडले फुलहमलाई १–०, लुटन टाउनले बर्नमाउथलाई २–१ र वेस्ट ह्यामले उल्भ्सलाई २–१ ले हरायो ।

एस्टन भिल्ला र ब्रेन्टफोर्डले भने ३–३ को बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved